शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाधर वली
घोराही, वैशाख २७ गते । दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु. २ ख. ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–४, मौरीघाटमा दुर्घटनामा परेको हो ।
विहान करिब सवा १० बजेतिर परेको दुर्घटनामा चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बोहराका अनुसार घाइतेहरूको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पहिचान र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।