• १३ वैशाख २०८१, बिहिबार

प्रदेश सभा (ख) मा कांग्रेसका शाह विजयी

blog

प्रदेश सभा (ख) मा विजयी प्रदेश सांसद राजीव विक्रम शाह । तस्बिर : वासुदेव शर्मा

जाजरकोट, मङ्सिर ७ गते । जाजरकोट प्रदेश सभा (ख) मा गठबन्धन दल नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी हुनु भएको छ । पछिल्लो मत गणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनु भएको हो । 

बुधवार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शाहले १६ हजार ४० मतका साथ प्रदेश सभामा विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमाले खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका शाहले शाहीलाई ५ हजार ५१० मतको मतान्तरको फराकिलो अन्तरमा विजयी हुनु भएको हो । 

Author

वासुदेव शर्मा