काठमाडौं १० मा कांग्रेसका केसीको अग्रता
काठमाडौं निर्वाचन क्षेत्र नं १० मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार केसीले अग्रता लिनुभएको छ ।
भक्तपुर २ मा कांग्रेसकै अग्रता
भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि छ । मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म नेपाली कांग्रेसका उम्मेदवार दूर्लभ थापाले १४ हजार ०९६ मतसहित अगाडि हुनुहुन्छ।
कालिकोटमा मतगणना सुरु
एक निर्वाचन क्षेत्र रहेको कालिकोटको मतगणना सुरु भएको छ। मङ्गलबार बिहान आठ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना २ बजेदेखि सुरु भएकाे छ। दुई प्रदेश सभा सदस्य रहेको कालीकोटमा प्रदेश सभा क बाट मतगणना सुरु गरिएको छ ।
काठमाडौं २ को प्रदेश (क) मा राप्रपाका केसी विजयी
काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो ।
मोरङ ५ मा स्वतन्त्र उमेदवार मण्डलको अग्रता
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिनुभएको छ । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले ६ हजार २८१ मतका साथ अग्रता लिनुभएको छ ।
तनहुँको दुवै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको अग्रता
तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।
सल्यानमा गठबन्धनकाे एस र प्रदेशसभामा माओवादीकाे अग्रता
प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका उम्मेदवारको अग्रता छ । सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले छ हजार ७५१ मत लिनुभएको छ । ज्वालाले ११ हजार ७९६ मतका साथ अग्रता कायम गर्नुभएको छ ।
डडेल्धुरामा प्रधानमन्त्री देउवा ४५ सय मतले अगाडि
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार हजार ५८० मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
ललितपुर १ मा कांग्रेसको अग्रता
ललितपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उदय शमशे राणाले अग्रता लिनुभएको छ ।
गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी
प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी
प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको छ । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो ।
सप्तरी २ को दुवै प्रदेशसभामा जनमत विजयी
सप्तरी २ को दुईवटै प्रदेशसभातर्फ जनमत पार्टीका उम्मेदवारले आफ्नो जीत सुनिश्चित गर्दै जनमत पार्टीले सप्तरीबाट आफ्नो खाता खोलेका छन् ।
धनुषा-४ को मतगणना सुरु
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । मतगणनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बस्न पाउने वा नपाउने विषयमा उत्पन्न विवाद टुङ्गो लागेपछि मतगणना सुरु भएको हो ।
इलाम दुवै क्षेत्रमा एमालेका नेम्वाङ र बस्नेतको अग्रता
इलामको दुबै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुभासचन्द्र नेम्वाङ र महेश बस्नेतले अग्रता लिनुभएको छ । नेकपा (एस) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले शुरुदेखि पछि पार्नुभएको छ ।
दाङमा सङ्घ र प्रदेशमा गठबन्धनकै अग्रता
दाङ जिल्लाको तीन वटै सङ्घीय क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता रहेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता कायम गर्नुभएको छ ।
काठमाडौं- ३ (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी
काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।
पाल्पाको दुई क्षेत्रमा एमालेकाे अग्रता
पाल्पाको प्रतिनिधि सभातर्फको दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिनुभएको हो ।
सिन्धुपाल्चाेक १ मा नेपाल र २ मा बस्नेतकाे अग्रता
प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् ।
रामेछापमा गठबन्धन अगाडि
रामेछापमा मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा अहिले प्रदेश १ को मतगणना भइरहेको छ ।
जाजरकोटमा माओवादीका शक्ति बस्नेतकाे अग्रता
जाजरकोटमा प्रतिनिधि सभा तथा प्रदेशसभाको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिनुभएको छ ।
रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे अगाडि
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले ६ हजार ३७० मत प्राप्त गर्नुभएको छ ।
एमाले अध्यक्ष ओली अग्रता बढाउनु हुँदै
झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ ।
१३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ ।
सप्तरीको २ वटा क्षेत्रमा कांग्रेस अगाडि
सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । तीमध्ये क्षेत्र नम्बर तीन र चारमा नेपाली कांग्रेस अगाडि छन् भने क्षेत्र नम्बर १ मा जसपा र क्षेत्र नम्बर २ मा जनमत पार्टी अगाडि रहेको छ ।