• ११ मंसिर २०८१, मङ्गलबार

ललितपुर १ मा कांग्रेसको अग्रता

blog

ललितपुर, मङ्सिर ६ गते । ललितपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिनुभएको छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले ७०४ मत अन्तरले अग्रता लिनुभएको हो ।

३१ हजार १३४ मतगणना हुँदा राणको १३ हजार ६८३  मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार नवराज सिलवालको १२ हजार ९७९ मत प्राप्त भएको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार घिमिरेले एक हजार ९८३ मत प्राप्त गर्नुभएको छ ।