धीरेन्द्र प्रसाद साह
जनकपुर, मङ्सिर ६ गते । सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । तीमध्ये क्षेत्र नम्बर तीन र चारमा नेपाली कांग्रेस अगाडि छन् भने क्षेत्र नम्बर १ मा जसपा र क्षेत्र नम्बर २ मा जनमत पार्टी अगाडि रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर १ मा जसपाका नबल किशोर साह तीन हजार तीन सय ३५, कांग्रेसका रामदेव साह दुई हजार नौं सय १७, जनमतका जयकान्त राउत दुई हजार एक सय ५८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर २ मा जनमतका डा. चन्द्रकान्त (सिके ) राउत १३ हजार दुई सय ९५, जसपाका उपेन्द्र यादव छ हजार पाँच सय ७०, लोसपाका जयप्रकाश ठाकुर २६०२ मत प्राप्त गरेको छ ।
क्षेत्र नम्बर ३ मा कांग्रेसका दिनेश कुमार यादव चार हजार पाँच सय ६०, नेकपा एमालेका ताराकान्त चौधरी दुई हजार नौं सय ५८ र जनमतका अनीश अन्सारी दुई हजार तीन सय ७७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ४ मा कांग्रेसका तेजुलाल चौधरी १४१२, जसपाका बाल किशोर यादव ७८४, जनमतका सुखदेव प्रसाद साह ७१५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।