रेखीराम राना
पाल्पा, मङ्सिर ६ गते । पाल्पाको प्रतिनिधि सभातर्फको दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिनुभएको हो ।
आचार्यले चार हजार ४४२ मत पाउनुभएको छ । आचार्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले एक हजार ४७८ मत मात्रै प्राप्त गर्नुभएको छ ।
यस्तै, पाल्पा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार ठाकुर गैरेले अग्रता कायम गर्नुभएको हो । गैरेले चार हजार ४२ र गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले तीन हजार ९४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।
हालसम्म क्षेत्र नं. २ मा नौँ हजार २४२ मत गणना भएको छ । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।