• ८ वैशाख २०८१, शनिबार

काठमाडौं- ३ (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी

blog

राममणि दाहाल

काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार ४१५ मत पाउनुभएको छ ।

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौं महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार ९३३ मत पाउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार २७६ मत पाउनुभयो । निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो ।

काठमाडौं–३ मा कांंग्रेसकै अग्रता

यसैगरी, काठमाडौं–३ को प्रतिनिधिसभा सदस्य पदमा पनि कांग्रेसले नै अग्रता कायम गरेको छ । कुल १७ हजार २५२ मत गणना गर्दा कांग्रेसका सन्तोष चालिसेले छ हजार ४५९ मत पाउनुभएको निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो । नेकपा (एमाले)का कृष्ण राईले पाँच हजार ६०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले दुई हजार आठ सय ३७ मत पाउनुभएको छ । राप्रपाका गणेश गिरीले एक हजार एक सय ५८ मत पाउनुभएको छ ।

प्रदेश–२ मा पनि कांग्रेसको अग्रता

काठमाडौं–३ को प्रदेश–२ मा पनि कांग्रेसका उम्मेदवार विमल ठकुरीको अग्रता कायमै छ । यो प्रदेश क्षेत्रको छ हजार ९९१ मत गन्दा ठकुरीले तीन हजार ५२ मत पाउनुभएको छ । एमालेका रामेश्वर फुयाँलले दुई हजार १सय ६४, राप्रपाका कमल सुनारले ७५५ र नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयाँलले ३३९ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।