ललितपुर, मङ्सिर ६ गते । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले) र (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि छन् ।
ललितपुर – ३ को प्रदेश (क) मा एमालेका रघुनाथ महर्जनले दुई हजार २३३, नेकपा (माओवादी केन्द्र) रामकाजी महर्जनले दुई हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार खड्काले एक हजार ३६० मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार प्रदेशसभा (ख) मा राप्रपाका सबिनकुमार खड्काले एक हजार ८६५, एमालेका प्रेमभक्त महर्जनले एक हजार ७६३, नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ एक हजार ६९५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।