• ११ मंसिर २०८१, मङ्गलबार

ललितपुर १ मा कांग्रेसका राणा १२ सय मतले अगाडि

blog

उदय शमशेर जबरा र नवराज सिलवाल ।

ललितपुर, मङ्सिर ६ गते। ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर जबरा एक हजार दुई सय मतले अगाडि हुनुहुन्छ। 

निर्वाचन अधिकृतको कार्यालय अनुसार पछिल्लो ३७ हजार ११७ मतगणना हुँदासम्म राणाले १६ हजार ३९४ मतसहित अगाडि हुनुहुन्छ।

यसैगरी, नेकपा (एमाले) का नवराज सिलवाल १५ हजार १०१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार घिमिरेले दुई हजार ५३० मतले दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले  एक हजार ३९९ मतले तेस्रो हुनुहुन्छ।

ललितपुर १ मा खसेको ३७ हजार ११७ मतमध्ये ३५ हजार ८४७ मत मात्र सदर भएको छ।