• ११ मंसिर २०८१, मङ्गलबार

डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि

blog

पुष्कर भण्डारी

डडेलधुरा , मङ्सिर ६ गते । डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।

अहिलेसम्म २३ हजार ३६१ मतगणना हुँदा उहाँले ११ हजार ५५४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ६ हजार १०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ३ हजार २९३ मत पाउनुभएको छ । मल्ललाई नेकपा (एमाले) को समर्थन छ ।