राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर ६ गते। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ। रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्माले निरन्तर अग्रता बढाउनुभएको छ।
१ हजार ५९३ मत गणना गर्दा शर्माले ८५७ मत प्राप्त गर्नुभएको छ। नेकपा एमालेका नन्दराम देवकोटाले ४८९ मत ल्याउनुभएको छ। स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत ल्याउनुभएको छ। त्यसैगरी राप्रपाका दीपक मल्लले ७६, मङ्गोल नेशनल अर्गनाइनेशनका हरिबहादुर पुनले २ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ४ मत ल्याउनुभएको छ।
प्रदेशसभा (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले अगुवाई गरिहरनुभएको छ। केसीले ३५५, नेकपा एमालेका नारायणकुमार शाहले १९८ र राप्रपाका विनोदकुमार शाहले १६० मत ल्याउनुभएको छ।
प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले ४९९, नेकपा एमालेका कर्णबहादुर घर्तीमगरले ३०१ र राप्रपाका निर्जल केसीले २० मत ल्याउनुभएको छ।