गाेरखापत्र अनलाइन
गुल्मी, मङ्सिर ६ गते । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम गर्नुभएको छ । ११ हजार ८२२ मतसहित विष्टले अग्रता बनाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले ९ हजार ६९८ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले २०२, हाम्रो नेपाल पार्टीका लौरो उम्मेदवार रामलाल पाण्डेले ३६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुरप्रसाद पाण्डेयले १४४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार कमला पुनले २०८, स्वतन्त्र उम्मेदवार अमर कार्कीले ४८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, गुल्मी क्षेत्र नं.२ को प्रदेश सभा क मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसालले अग्रता कायम गर्नुभएको छ । उहाँले ४ हजार ५८९ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले ४ हजार, २६७ मत सहित पछयाइरहनुभएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार घनश्याम पाण्डेले ७४ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेश्नल अर्गनाइजेशनका उम्मेदवार विष्णु सारुले १० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितेन्द्र विष्टले ७५, स्वतन्त्र उम्मेदवार प्रेमबहादुर कुमालले ४४ मत प्राप्त गर्नुभएको हो ।
सोही क्षेत्रको प्रदेश सभा ख मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसीले १ हजार ४४१ मतसहित अग्रता बनाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश पन्थीले १ हजार १०२ मत सहित पछ्याइरहनुभएको छ । मङ्गोल नेश्नल अर्गनाइजेशनका उम्मेदवार कमल सिंजाली मगरले ५४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितेन्द्र जिसीले ३२ मत प्राप्त गर्नुभएको छ ।