• १२ साउन २०८१, शनिबार

ललितपुर २ को प्रदेशसभा (क) मा एमालेका श्रेष्ठ विजयी

blog

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा विजयी नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ ।

ललितपुर, मङ्सिर ६ गते। ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ विजयी हुनुभएको छ। 

निर्वाचन अधिकृत दीपशिखा मुनाकामीका अनुसार एमालेका श्रेष्ठले ८ हजार २९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८५१ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, नेपाली कांग्रेसका रिसा श्रेष्ठ पाँच हजार ९७३ मतसहित तेस्रो, हाम्रो नेपाल पार्टीका गङ्गाराम रिजालले तीन हजार १६९ मतसहित चौथो स्थान हासिल गर्नुभएको छ।

विजयी उम्मेदवारको औपचारिक घोषणा हुन बाँकी छ। विजय भएपछि श्रेष्ठसहित एमाले नेता तथा कार्यकर्ता विजय जुलुसमा सहभागी भएका छन्।