श्यामशङ्कर पाण्डे
लुम्बिनी, मङ्सिर ६ गते । रुपन्देही क्षेत्र नं ३ मा राप्रपा नेता दीपक बोहोरालाई पछि पार्दै कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिनुभएको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६ हजार २ सय ३५ मत गणना हुँदा मन्त्री खाणले ६ हजार १ सय १० र बोहोरले ५ हजार ९ सय ५७ मत ल्याउनुभएको छ ।
खाण अहिले १ सय ५३ मतले अगाडि हुनुहुन्छ । यहाँ ९३ हजार ५ सय ६७ मत खसेको थियो ।