• १५ वैशाख २०८१, शनिबार

रसुवा प्रदेश 'क' मा कांग्रेस विजयी

blog

रसुवा, मङ्सिर ६ गते । रसुवा प्रदेश 'क' बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार ७७२ मत प्राप्त गर्नुभएको छ ।

तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार ४१४ मत बढी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्रमा १३ हजार ६५५ मत खसेकामा १३ हजार २८७ मत सदर भएको थियो ।