• १३ साउन २०८१, आइतबार

सुर्खेत–२ मा कांग्रेसका थानीको अग्रता कायमै

blog

नवीन शाही

सुर्खेत, मङ्सिर ६ गते । सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानीले अग्रता कायम राख्नुभएको छ  । ४० हजार नौ सय ५९ मत गणना हुँदासम्म थानीले १८ हजार ७७८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले १५ हजार ५८८ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले दुई हजार ३०६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर शाहीले एक हजार पाँच सय ५२ मत, नेपाल मजदुर किसान पार्टीका तुल्छी खड्काले एक सय ४३ मत प्राप्त गर्नुभएको छ । 

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी वीरेन्द्राकुमारी चन्दले ४४ मत, जनता समाजवादी पार्टी नेपालका दिपबहादुर नेपालीले १२ मत, नेकपा माओवादी समाजवादीका टेक्मल दमाईले १२ मत प्राप्त गर्नुभएको छ । सुर्खेतमा दुई हजार ६४ मत बदर भएका छन् ।