• १३ असोज २०८१, आइतबार

डाेटी प्रदेश 'ख' मा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा

blog

डोटी, मङ्सिर ६ गते । डाेटी जिल्लाकाे प्रदेश सभा “ख”मा गठबन्धन र एमाले उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुरुवातदेखि झिनो मतले उम्मेदवारहरु अगाडि पछाडि देखिनुभएकाे छ।

प्रदेश सभा “ख” तर्फ नेकपा एमालेका उम्मेदवार टेक बमको अग्रता छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार १४ हजार २७९ मतगणना गर्दा बमले ६ हजार ५९४ मत प्राप्त गर्नुभएको छ । 

उहाँका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका गठबन्धन उम्मेदवार शिवसिंह ओलीले ६ हजार ४८४ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार मोहनबहादुर बमले ४९४ मत प्राप्त गर्नुभएको छ ।