• ११ मंसिर २०८१, मङ्गलबार

मनाङमा समानुपातिकतर्फ सङ्घमा कांग्रेस र प्रदेशमा एमाले पहिलो

blog

हिमाली जिल्ला मनाङमा सङ्घ र प्रदेशमा निर्वाचित।

बेलिना थापा

लमजुङ, मङ्सिर ६ गते। हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाममा सङ्घतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभातर्फ भने नेकपा (एमाले) पहिलो पार्टी बनेको छ। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले २ हजार ४ सय ३० प्राप्त गरेको छ। नेकपा एमालेले दुई हजार १ सय ९१ मत प्राप्त गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ४६ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले १३३, जनता समाजवादी पार्टीले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले २, मजदुर किसान पार्टीले ४, नेकपा एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले ३, हाम्रो नेपाली पार्टीले ४, पुनर्जागरण पार्टी नेपालले १, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले ४, नेपाल जनता पार्टी २ ले मत प्राप्त गरेको छ। 

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले १ भोट ल्याएको छ। 

प्रदेशसभा समानुपातितर्फ नेकपा (एमाले) पहिलो पार्टी बनेको छ। एमालेले दुई हजार १ सय ६२ मत पाएको छ। नेपाली कांग्रेसले १ हजार ६ सय ५०, नेकपा माओवादी केन्द्रले ९ सय चार मत पाएको छ। जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा (माले) २१, मङ्गोल नेशनल अर्गनाइजेशनले ८, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १, एकल चिह्न गितारमा ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ मा एक भोट ल्याएको छ।