• १६ चैत २०८०, शुक्रबार

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठले १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिनुभयो । यद्यपि यस विषयमा औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत धितालले बताउनुभयो ।

निर्वाचन अधिकृत धितालका अनुसार उहाँका प्रतिद्वन्द्वी हाम्रो पार्टीका उम्मेदवार सुमन सायमीले छ हजार १७४ मत प्राप्त गर्नुभएको छ ।