• ८ वैशाख २०८१, शनिबार

जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित

blog

विजयी शाह र सिंह कार्यकर्तासँग खुसी साटासाट गर्दै । तस्बिर- सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, मङ्सिर ७ गते । जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले चार ४४६  मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ । 

विजयी दुवै उम्मेदवार २०७४ सालको निर्वाचनमा पराजय हुनुभएको थियो । विजयी राजीवविक्रम शाह जाजरकोटको प्रतिनिधि सभामा पराजय हुनुभएको थियो भने वेदराज सिंहले सोही प्रदेशमा नै हार व्यहोर्नुभएको थियो ।