• १२ साउन २०८१, शनिबार

काठमाडौं ७ (क) मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं–७ (क)मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बुधबार बिहान सम्पन्न प्रदेशसभा (क) को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, नेकपा (एमाले) का उम्मेदवार जीवन मानन्धरले तीन हजार २०५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजिना गुरुङले दुई हजार ९६० मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त क्षेत्रमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।