• १३ वैशाख २०८१, बिहिबार

काठमाडौं ८ (ख) मा राप्रपाका उद्धव थापा विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ को प्रदेश सभा (ख) मा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाउनुभएको छ । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिनुभयो ।

यससँगै काठमाडौं क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ ।  ८ (क) मा यसअघि हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी हुनुभएको छ । उहाँले पाँच हजार ४६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाउनुभएको छ । यसैगरी, नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाउनुभएको आचार्यले जानकारी दिनुभयो ।

क्षेत्र नं. ८ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाउनुभएको थियो ।