• ११ वैशाख २०८१, मङ्गलबार

अछाम–१ को (ख) मा माओवादीका झपट साउँद विजयी

blog

अछाम–१ को ‘ख’ प्रदेशसभामा विजयी झपटबहादुर साउँद । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, मङ्सिर ८ गते । 
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–१ को ‘ख’ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झपटबहादुर साउँद विजयी हुनुभएको छ । साउँदले नेकपा (एमाले) उम्मेदवार कृष्णप्रसाद जैसीलाई तीन हजार ९६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कार्यालय साँफेबगरले जानकारी दिएको छ । 

साउँदले १२ हजार ११५ मत प्राप्त गर्नुभएको भने जैसीले नौँ हजार १९ मत प्राप्त गर्नुभएको छ । रामारोशन, मेल्लेख र बान्नीगढी जयगढ गाउँपालिका रहेको क्षेत्रमा २२ हजार ६४ मत खसेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा साउँद अछाम–१ बाट हाल प्रतिनिधिसभामा निर्वाचित श्रममन्त्री शेरबहादुर कुँवरसँग पराजित हुनुभएको थियो ।

२०७४ को सोही प्रदेशमा नेपाली कांग्रेसका टेकबहादुर साउँदलाई पाँच हजार ५९७ मतान्तरले नेकपा माओवादीका उम्मेदवार झपटबहादुर बोहरा विजयी हुनुभएको थियो । बोहराले १३ हजार ९३७ र आठ हजार ३४० मत प्राप्त गर्नुभएको थियो । बोहरा भने हाल नेकपा (एमाले) बाट अछाम–१ को प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएको छ भने साउँद हाल बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।