• १२ साउन २०८१, शनिबार

अर्घाखाँचीबाट एमाले नेता रायमाझी चौथो पटक निर्वाचित

blog

गणेश खनाल

अर्घाखाँची, मङ्सिर ७ गते । अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले) का उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले  ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो । 

रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ गरी ४ पटक विजयी हुनुभएको छ । हाल रायमाझी एमाले केन्द्रीय सचिव रहनुभएको छ  पूर्व उपप्रधानमन्त्री भइसक्नुभएका रायमाझीले पटक पटक मन्त्री भइसक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गर्नुभयो ।