• ७ वैशाख २०८१, शुक्रबार

सुर्खेत २ को प्रदेश सभा (क) मा एमालेका कंडेल विजयी

blog

मुना हमाल
सुर्खेत, मङ्सिर ८ गते । 
सुर्खेत निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का यामलाल कंडेल विजयी हुनु भएको छ ।

बिहीबार बिहान सम्पन्न मत परिणाम अनुसार एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज समेत रहनु भएका कंडेलले नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतान्तरले हराउँदै प्रदेश सभा सदस्यमा विजयी हुनु भएको हो ।

कंडेलले १८ हजार ५६१ मत प्राप्त गरेर विजयी हुँदा काङ्ग्रेसका शाक्यले १८ हजार चार सय मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा सदस्यमा उहाँको दोस्रो पटक जित हो । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।