• ११ मंसिर २०८१, मङ्गलबार

अछाम–२ ‘क’ माओवादीका रावल विजयी

blog

अछाम, मङ्सिर ८ गते । सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–२ को ‘क’ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी हुनुभएको छ । रावलले नेकपा (एमाले) उम्मेदवार भीमबहादुर विष्टलाई दुई हजार ७९७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय मङ्गलसेनले जानकारी दिएको छ ।  

रावलले ११ हजार २२० मत प्राप्त गर्नुभएको भने विष्टले आठ हजार ४२३ मत प्राप्त गर्नुभएको छ । अछाम–२ को ‘क’ मा २० हजार ६७९ मत खसेका थिए । पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म उक्त प्रदेश क्षेत्र पर्दछ । 

२०७४ को प्रदेशसभा निर्वाचनमा रावलले कांग्रेसका सुरतबहादुर विष्टलाई पराजित गरेर विजयी हुनुभएको थियो । तत्कालीन निर्वाचनमा रावलले १० हजार ९८१ मत प्राप्त गर्नुभएको थियो । भने विष्टले नौ हजार ४० मत प्राप्त गरेर पराजित हुनुभएको थियो ।

Author

शिवराज ढुङ्गाना