सन्तोषी रावल
(जुगाडा) बाजुरा, असार २१ गते । बाजुराको बुढीनन्दा नगरपालिका–१, पारतोलाका एक १२ वर्षीय बालकको बेलिब्रिजबाट खसेर ज्यान गएको छ । स्थानीय गणेश भण्डारीका छोरा विशाल भण्डारी बड्डीगाड खोलामाथिको बेलिब्रिजबाट लडेपछि गम्भीर घाइते हुनुभएको थियो ।
जगन्नाथ गाउँपालिका–१, पिलुचौर र भारती कसैडीको सिमानामा रहेको बेलिब्रिज पुलबाट अचानक खसेपछि गम्भीर घाइते हुनुभएको विशाललाई उद्धार गरी उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याइएपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । स्थानीयका अनुसार बेलिब्रिजको रेलिङ नहुनु वा कमजोर संरचनाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी र स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।