• १३ वैशाख २०८१, बिहिबार

पाँचथर प्रदेशसभा (ख)मा माओवादी केन्द्रका इन्द्रवहादुुर आङवो विजयी

blog

राधा लुइटेल
फिदिम, मङ्सिर ८ गते ।
 पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङबो (मौसम) विजयी हुनु भएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै आङबो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको हो ।

३४ हजार ७१५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार ६७२ मत मत प्राप्त भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका नेम्वाङले १२ हजार ६५ मत पाउनुभएको छ ।

पाँचथरको फिदिम नगरपालिका ११ घर भएका आङबो २०७४ सालको आम निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहनुभएको  आङबो प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री पनि हुनुहुन्छ ।

उहाँलाई यस पटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थन थियो ।