• १४ वैशाख २०८१, शुक्रबार

सिन्धुपाल्चोक २ को (क) माओवादीका युवराज विजयी

blog

सिन्धुपाल्चोक–२(क) मा सत्ता गठबन्धनबाट निर्वाचित युवराज दुलाल (शरद) । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ८ गते ।
 प्रतिनिधि सभा–२ को (क) मा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल ‘शरद’ विजयी हुनु भएको छ ।

माओवादीका पोलिटब्यूरो सदस्य समेत रहनुभएको दुलालले २० हजार ९०६ मत र उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमानसिंह तामाङले १२ हजार १३९ मत प्राप्त गर्नु भएको छ । दुलाल र तामाङबीच आठ हजार ७६७ मतान्तर छ ।

युवराजले २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा पनि भारी मतले उक्त क्षेत्रबाट निर्वाचित भई बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत हुनु भएको छ । तामाङ पनि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट टिकट पाई चौतारा साँगचोकगढी नगरपालिका प्रमुखमा निर्वाचित हुनु भएको थियो । माओवादी त्यागेर तामाङ तीन महिना अघि मात्रै एमालेमा प्रवेश हुनु भएको थियो ।