• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँ १ (ख) बाट माओवादी केन्द्रका चुमान विजयी

blog

तनहुँ, मङ्सिर ८ गते । तनहुँ १ (ख) बाट हरिबहादुर चुमान विजयी हुनु भएको छ । नेकपा (माओवादी केन्द्र) का चुमानले एमालेका पूर्णबहादुर गुरुङलाई हराउँदै उहाँ विजयी हुनु भएको छ । 

सत्ता गठबन्धनका उम्मेदवार चुमानले कुल ३० हजार ३८१ सदर मत मध्ये १३ हजार २७१ मत ल्याएर विजयी हुनुभयो  । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर गुरुङले १० हजार ४९८ मत पाउनुभयो । गुरुङ चुनाव अघि नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गर्नुभयो  ।

Author

अमरराज नहर्की