• ११ मंसिर २०८१, मङ्गलबार

मतगणना नसकिँदै कमल थापाद्वारा हार स्वीकार

blog

हेटौँडा, मङ्सिर ८ गते । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतगणना जारी हुँदा हार स्वीकार गर्नुभएको छ ।

नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्नुभएका थापाले हेटौँडा उपमहानगरपालिका क्षेत्रको चार वटा वडाको मत गणना जारी हुँदै गर्दै बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत हार स्वीकार गर्नुभएको हो । थापाले भन्नुभएको छ, पराजयलाई सहर्ष स्वीकार गर्दछु ।

उहाँले आफूलाई मत दिनु हुने सबैमा आभार व्यक्त गर्दै भन्नुभएको छ, ’सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद । उहाँले देश र जनताको हितमा निरन्तर सक्रिय रहनेसमेत बताउनुभएको छ ।

यस क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकीका नेपाली काँग्रेस महामन्त्री महालक्ष्मी डिना उपाध्याय मतगणनाको सुरुवातीदेखि अग्रता लिँदै आउनुभएको छ । ७१ हजार ४७८ मत गणना हुँदा उपाध्यायले २१ हजार ९१०, थापाले २० हजार ६४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले १९ हजार ७५६ मत प्राप्त गर्नुभएको छ ।

यो क्षेत्रमा ९१ हजार ५८३ मत खसेको थियो ।

Author

राममणि दाहाल