• ११ वैशाख २०८१, मङ्गलबार

सल्यान १ को (ख) मा कांग्रेसका सुरेश अधिकारी विजयी

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर ८ गते । 
सल्यान प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ ।

अधिकारीले २० हजार ४०८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गर्नुभएको छ ।