शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २८ गते । चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा राष्ट्रिय लिगमा काँक्रेबिहार क्लबमाथि किठन जित निकालेको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो । चर्च ब्वाइजको जितमा दुवै गोल विदेशी खेलाडी कोफी विल्सनले गर्नुभयो । उहाँले सातौँ र ३९औँ मिनेटमा ब्यक्तिगत दुई गोल गर्नुभएको हो ।
यस्तै काँक्रेबिहारका लागि सुदेन विश्वकर्माले ६६औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै चर्च ब्वाइजले आठ खेलबाट १९ अङ्क बनाएको छ । नौ खेल सकेको काँक्रेबिहारको मात्र एक अङ्क छ ।
१३ टोलीको सहभागिता रहेको लिगको विजेताले १५ लाख रुपियाँ पुरस्कार पाउने आयोजक एन्फाले जनाएको छ ।