• १५ वैशाख २०८१, शनिबार

सिन्धुपाल्चोक १ (ख) मा माओवादी केन्द्रका सरल विजयी

blog

चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ८ गते ।
 प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार होमनारायण श्रेष्ठलाई चार हजार २४३ मतले मतान्तर गरी पौडेल विजयी हुनु भएको हो ।

पौडेलले १७ हजार २५६ मत र श्रेष्ठले १३ हजार १३ मत प्राप्त गर्नुभएको छ । पौडेल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत हुनुहुन्छ ।