• १३ साउन २०८१, आइतबार

कालिकोट (क) मा माओवादीका रावत निर्वाचित

blog

कालिकोट, मङ्सिर ८ गते । कालिकोट (क) मा नेकपा (माओवादी केन्द्र) बाट गठबन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गर्नुभयो ।

दुर्ग बहादुर रावत ले ९ हजार १२ मतले विजयी हुनुभएको छ भने उहाँ का निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का कूर्म राज शाही ले ७ हजार ९ सय ५२ मत प्राप्त गर्नु भएको छ । प्रदेश क मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९३१ मध्ये दुर्ग बहादुर रावत ले ९ हजार १२ मत प्राप्त गरेका छन् शाही ले ७ हजार ९ ५२ मत पाएका छन् । राप्रपाका सूर्य बहादुर शाही ले १ हजार ७१ मत प्राप्त गर्नु भएको छ ।

नेमकिपाका रबिन्द्रबहादुर शाही ले १ हजार १ सय ७२ ल्याउनु भएको छ । कुल खसेको मत मध्ये ७ सय २५ मत बदर भएको छ।