• ९ जेठ २०८१, बुधबार

कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी

blog

धनगढी, मङ्सिर ८ गते । कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । 

पूर्वमन्त्रीसमेत रहनु भएका उहाँले पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टलाई तीन हजार ५८४ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको हो । विजयी बलायरले २६ हजार १७१ र पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्नुभयो ।

यसअघि, बलायरले २०७० को संविधान सभाको निर्वाचन डोटीबाट जित्नु भएको थियो । पराजित हुनु भएका भट्टले भने २०६४ र २०७४ को निर्वाचन कैलाली–४ बाटै जित्नु भएको थियो । २०७० को निर्वाचनमा उहाँ नेपाली कांग्रेसका दीर्घराज भाटसंग पराजित हुनु भएको थियो । 

क्षेत्र नं. ४ मा प्रदेश सभा सदस्यतर्फ पनि वाम लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार विजयी हुनु भएको छ । (क) मा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनु भएका नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी र (ख) मा नेपाली कांग्रेसका प्रकाश बम विजयी हुनु भएको छ । 


Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।