• ११ मंसिर २०८१, मङ्गलबार

गण्डकी प्रदेशका ३६ क्षेत्रमध्ये हालसम्म १५ निर्वाचन क्षेत्रमा टुङ्गो

blog

रमेश पौडेल

पोखरा, मङ्सिर ७ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतमा मंसिर ४ गते भएको निर्वाचनको परिणाम तिव्र गतिमा आउन थालेको छ । गण्डकी प्रदेशको १८ सङ्घीय निर्वाचन क्षेत्रमध्ये मुस्ताङ, मनाङ र तनहुँ –२ को नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने अन्य स्थानको मतगणना अन्तिम स्थानमा पुगेको छ । 

तनहुँ २ बाट शङ्कर भण्डारी, मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भइसक्नुभएको छ । बाँकी १५ सिटको नतिजा अन्तिम चरणमा  छ । तर स्याङ्जा २ मा अहिलेसम्म मतगणना हुनसकेको छैन ।

यसैगरी गण्डकी प्रदेशका प्रदेश सभातर्फका ३६ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५ निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् । कांग्रेसले हालसम्म १० सिटमा चुनाव जितेको छ भने एमालेले ३ सिट तथा माओवादीले १ सीट र बाँकी अर्को सिट स्वतन्त्रले जितेको छ ।

कांग्रेसले बागलुङका –४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुई वटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १–१ क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको २ वटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जितेका हुन् ।

बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जित शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी हुनुभएको छ । यस्तै, गोरखा क्षेत्र नम्बर १  (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । मनाङ (क) मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जित्नुभयो । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जित प्रकाश आलेले चुनाव जित्नुभएको छ ।

एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्की र गणेश गुरुङले जित्नुभयो । माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जित्नुभयो भने मनाङको (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत निर्वाचित हुनुभयो । अब गण्डकीमा २१ सिटको नतिजा आउन बाँकी छ ।