• १२ वैशाख २०८१, बुधबार

काठमाडौं १ (क)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं–१ प्रदेशसभा (क) मा कांग्रेस दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल बाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार ५०५ मत पाउनुभयो । यसैगरी, नेकपा (एमाले) का रामप्रसाद अम्गाईँले दुई हजार २९७ मत प्राप्त गर्नुभयो ।