• १२ वैशाख २०८१, बुधबार

कञ्चनपुर क्षेत्र २ (ख) मा कांग्रेसका थापा निर्वाचित

blog

लक्ष्मणदत्त पन्त 

महेन्द्रनगर, मङ्सिर ७ गते । नेपाली कांग्रेस कञ्चनपुरले निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभाबाट आफ्नो खाता खोलेको छ । गठबन्धनका उम्मेदवार कांग्रेसका पूर्व सभापति बहादुरसिंह थापा निर्वाचित हुनुभएको हो ।  

थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सदस्य तथा कञ्चनपुर सह–इन्चार्ज कृपाराम रानालाई १ हजार ७२६ मतको अन्तरले पराजित गर्नुभयो । थापाले १० हजार ६६८ र रानाले ८ हजार ९४२ मत पाउनुभयो । 

उक्त निर्वाचन क्षेत्रबाट ९ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । नेकपा (एकीकृत समाजवादी) का लालबहादुर खड्काले ४ हजार ४०४, राप्रपाका चक्रदेव जोशीले १ हजार ८३५ र पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीका जितेन्द्र चौधरीले १ हजार ८६८ मत ल्याउनुभयो । 

क्षेत्र २ (क) मा ५० हजार ८८९ मतदातामध्ये ३१ हजार १७१ मत खसेका थियो । क्षेत्र २ मा प्रतिनिधिसभामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद अग्र स्थानमा रहनुभएको छ ।