• ११ वैशाख २०८१, मङ्गलबार

उदयपुर २ प्रदेशसभा (ख) मा कांग्रेसका खत्री विजयी

blog

उदयपुर २ को प्रदेश सभा क्षेत्र (ख) बाट विजयी हुनुभएका कांग्रेसका उम्मेदवार रामकुमार खत्री । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ७ गते । उदयपुरको निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री १२ हजार ६२७ मत प्राप्तगरी प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जिवनाथ दाहालले नौ हजार २३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जिवनराम भण्डारीले बताउनुभयो । 

२०५१ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन शुरु गर्नुभएका ४२ वर्षीय खत्री कटारी नगरपालिका –८ सिरिसे निवासी हुनुहुन्छ । यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो । यस पटक तीन हजार ३९१ मतको फराकिलो अन्तरमा उहाँ विजयी हुनुभयो ।