• १५ चैत २०८०, बिहिबार

सप्तरी ३ (ख)मा जनमतका शम्भु साह विजयी

blog

प्रदेशसभा ३ को (ख) मा विजयी हुनुभएका शम्भु साह । तस्बिर : ललिता साह

ललिता साह
सप्तरी, मङ्सिर ७ गते ।
सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा जनमत पार्टीका उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ । साहले १० हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विदेश्वर यादव (विक्की)ले १० हजार ८१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीले जानकारी दिनुभयो । साहले ४८ मतको अन्तरले यादवलाई हराउँदै आफ्नो जीत सुनिश्चित गर्नुभएको हो ।

यसअघि मङ्गलबार सप्तरी दुईको दुईटै प्रदेशसभातर्फको जीत जनमत पार्टीका पोल्टामा आइसकेको छ ।

क्षेत्र नम्बर  २ को (क) मा जनमतका सतिषकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी र एमाले तालमेलमा चुनाव लडेका शैलेन्द्रप्रसाद साहले आठ हजार २९२ मत ल्याउनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी, २ को (ख) तर्फ जनमतकै महेशप्रसाद यादवले १३ हजार ३२५ मत ल्याएर विजय प्राप्त गरेका हुन् । उहाँका प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले ७२३ मत प्राप्त गर्नुभएको छ ।