• ८ वैशाख २०८१, शनिबार

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ७ गते । ओखलढुंगाको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा अत्यधिक मतका साथ विजयी हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेता खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यज्ञराज सुनुवारभन्दा ६ हजार ८१८ मत अन्तरले विजयी हुनुभएको हो । 

एमालेका नेता सुनुवारले २६ हजार ७३८ मत प्राप्त गर्नुभएको छ । उहाँ यसअघि २०७४ को निर्वाचनमा विजयी हुनु भएको थियो ।

नेता खतिवडा नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्व सांसद हुनुहुन्छ । २०७४ मा सुनुवारसँग पराजित खतिवडाले अहिले सुनुवारलाई पराजित गर्नुभएको हो । उहाँ कांग्रेसका संस्थापक  नेता कृष्णप्रसाद भट्टराईबाट प्रभावित भएर निरन्तर राजनीतिमा संलग्न हुँदै आउनु भएको छ । २०४५ सालदेखि नै नेपाली कांग्रेस ओखलढुंगामा क्रियाशील रहँदै आउनु भएको छ । उहाँ अविवाहित नेता हुनुहुन्छ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उहाँ ओखलढुंगाको क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।