• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

blog

नवीन शिशिर विक

बागलुङ, मङ्सिर ७ गते । राष्ट्रिय जनमोर्चाले बागलुङबाट प्रतिनिधिसभा सदस्यमा जितको सुरुवात गरेको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

जनमोर्चाका केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित हुनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका अनुसार केसी नेकपा (एमाले) का उम्मेदवार सुूप्रसाद पाठकभन्दा २ हजार ६२६ को मतान्तरले विजय हुनुभयो । पाठकले १८ हजार ८२५ मत प्राप्त गर्नुभयो । केसी पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो । 

बागलुङ –१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली कांग्रेस (बीपी) का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र चन्द्रबहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गर्नुभयो ।