• १६ चैत २०८०, शुक्रबार

दाङ क्षेत्र नम्बर २ (क) मा कांग्रेसका खनाल विजयी

blog

दाङ क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसबाट बिजयी राजु खनाल ।

लीलाधर वली 

घोराही, मंङसिर ७ गते । दाङको निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहनुभएका  खनालले एक हजार १७६ मत अन्तरले नेकपा (एमाले) का उम्मेदवार बलिभद्र राना मगरलाई पराजित गर्दै विजयी हुनुभएको हो ।  

विजयी खनालले १५ हजार ६१६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रानामगरले १४ हजार ४ सय ४९ मत मात्रै प्राप्त गर्नुभएको थियो । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ४ सय ८५ मत बदर भएको थियो ।