• ७ वैशाख २०८१, शुक्रबार

झापाको क्षेत्र २ (ख) मा एमालेका चिन्तन पाठक विजयी

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ७ गते । झापाको क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का चिन्तन पाठक विजयी बन्नुभएको छ । पाठक ३ हजार ८४० मतान्तरसहित विजयी हुनुभएको हो ।

पाठकले २० हजार १ सय ८४ मत प्राप्त गर्नुभएको छ  । उहाँको प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले जनाएको छ ।

प्रदेश २ (क) मा एमालेकै एकराज कार्की विजयी बन्नुभएको थियो । यस निर्वाचन क्षेत्रका दुई वटै प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवार कार्की र पाठक विजयी बन्नुभएको हो ।

झापामा अहिलेसम्म तीन वटा प्रदेश सभा सदस्यको नतिजा आएको छ । दुई वटामा एमाले र एक वटामा कांग्रेसका उम्मेदवार विजयी बन्नुभएको छ । झापा ३ (क) मा कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी बन्नुभएको छ ।