ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि
आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।
पेरिस ओलम्पिक : पौडीमा एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान
पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । राष्ट्रिय कीर्तिमान बनाए पनि एलेक्जेन्डर हिट चरणबाटै बाहिरिनुभयो ।
स्याङ्जामा गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुुने
स्याङ्जामा ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) हुने भएको छ ।
तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल हुँदै
म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालय स्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
रोहितको टोली टोरोन्टो नेसनल्स पराजित
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले हार खेपेको छ ।
काभा महिला लिग भलिबलमा नेपालको लक्ष्य उपाधि : कप्तान शाही
नेपाल घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने काभा महिला नेसन्स लिग भलिबलको उपाधि जित्ने लक्ष्य लिएको छ ।
पेरिस ओलम्पिक : जुडोकी मनिता एक मिनेटमै बाहिर
महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित हुनुभयो । उहाँ जम्मा एक मिनेट म्याटमा टिक्नुभएको थियो ।
खेलकुद स्थलमा भागदौडपछि नौ जनाको मृत्यु, सबै खेल स्थगित
प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधि स्थगन गरिएको छ ।
महिला एसिया कप : भारतलाई हराउँदै श्रीलङ्का च्याम्पियन
बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलङ्काले भारतलाई आठ विकेटले हरायो ।
पेरिस ओलम्पिक : सुस्मिता र डुवाना छनोट चरणबाटै बाहिर
नेपालकी सुटर सुस्मिता नेपाल र पौडीबाज डुवाना लामा पेरिस ओलम्पिकको प्रारम्भिक छनोट चरणबाटै बाहिरिनु भएको छ ।
सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको दोस्रो हार
ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार खेपेको छ ।
पेरिस ओलम्पिक : श्यान्टु र प्रिन्स पराजित
पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा नेपालका प्रिन्स दाहाल पराजित हुनुभएको छ ।
पर्यटक भित्र्याउन भानुमा फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने प्रमुख उद्धेश्यले १७ औं भानु कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नदी किनारामा ओलम्पिक उद्घाटन
ओलम्पिकको उत्साह आठ वर्षपछि फर्केको छ । कोरोनाका कारण अघिल्लो संस्करणको उद्घाटन खल्लो भएकोलाई विस्मृतिमा ठेल्दै फ्रान्सको राजधानी पेरिसले शुक्रबार राति ३३ औँ ओलम्पिकको भव्य उद्घाटन गरी सोही सन्देश दियो ।
भव्य उद्घाटनबिच पेरिस ओलम्पिक सुरु, नेपाली पदाधिकारीको भ्रमण मोह
हरेक चार वर्षमा आयोजना हुने ओलम्पिकले ३३औँ संस्करण छुँदा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । ओलम्पिकमा केबल सहभागितामै रम्दै आएको नेपाल खेलको नाममा खेल पदाधिकारीको जम्बो टोली भ्रणम गराउनमा भने हरेक संस्करणमा अगाडि देखिन्छ ।
चर्च ब्वाइज र मच्छिन्द्र विजयी
चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा बिहीबार जित निकालेको छ ।
उसु टोलीको बिदाइ
सिंगापुरमा साउन १२ र १३ गते आयोजना हुने छैटौँ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाइ गरिएको छ ।
पेरिस ओलम्पिकको उद्घाटन सेन नदीमा
३३औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच गरिन लागिएको छ ।
खेलाडीको उपचारका लागि राहत रकम सङ्कलन
अस्पतालमा उपचाररत खोटाङका खेलाडीको लागि करिब ७ लाख आर्थिक सहयोग सङ्कलन भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्माकी फुटबल खेलाडी रबिका राईको उपचारका लागि ६ लाख ९६ हजार सङ्कलन गरिएको हो ।
महिला क्रिकेट टोली फर्कियो
श्रीलङ्कामा भएको एसीसी महिला क्रिकेट प्रतियोगितामा भाग लिएर नेपाली टोली काठमाडौँ फर्किएको छ ।
पेरिस ओलम्पिकमा नेपालको सहभागिता
अन्तर्राष्ट्रिय खेलकुदको मञ्च ठूलो भए पनि नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुद (एसियाड) मा सर्वप्रथम प्रवेश गरेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट नरशमशेर जबरा र कृष्णबहादुर वर्मा पठाइएको भनिए पनि त्यसको आधिकारिकता पुष्टि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत गर्न सकेको छैन ।
पेरिस पाराओलम्पिकमा नेपालका दुई तेक्वान्दो खेलाडी
फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महताले प्रतिस्पर्धा गर्नुहुनेछ ।
पदक विजेता खेलाडीलाई जमुनाहा नाकामा स्वागत
काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ ।
पेरिस फर्कियो ओलम्पिक
सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिस तम्तयार छ । पेरिस ओलम्पिक साउन ११ देखि २७ सम्म सञ्चालन हुने छ । यस ओलम्पिकमा चा