आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को सान्त्वना जित
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिजमा सान्त्वना जित निकालेको छ ।
बाफ महिला फुटबल टोली सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल स्पोर्ट्स फेलोसिपले सम्मान गरेको छ । गत फागुनमा भएको बाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको टोलीलाई आइतबार राति सम्मानपत्र र ७५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।
एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण र रजत पदक
नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण र रजत पदक जित्नुभएको छ ।
एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण
नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।
नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै
नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
सम्झना युवा क्लबलाई उपाधि
अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि सम्झना युवा क्लबले जितेको छ । सम्झनाले आयोजक ‘ए’ लाई ३–१ को सेटमा २५–२२, १९–२५, १७–२५, २५–२३, ९–१५ ले पराजित गरेको हो ।
गुजरातविरुद्ध नेपालको सहज जित
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको छ ।
गुजरातले दियो नेपाललाई ९९ रनको सहज लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घले जितको लागि नेपाललाई ९९ रनको सहज लक्ष्य दिएको छ ।
नेपाल गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
'खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ'
नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल र गुजरात भिड्दै
त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबिच प्रतिस्पर्धा हुँदै छ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।
राष्ट्रिय बक्सिङ : आर्मी र एपीएफ च्याम्पियन
नेपाल आर्मी र एपीएफ छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।
बाँके फुटबलमा यु–१३ छनोटको उत्साह
बाँके जिल्ला फुटबल सङ्घले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीको सहभागिता देखिएको छ ।
अग्रदिपलाई पराजित गर्दै सम्झना फाइनलमा
अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको भलिबलमा सम्झाना युवा क्लब र आयोजक ए फाइनलमा प्रवेश गरेका छन्।
नेपालविरुद्ध दोस्रो जितसँगै आयरल्यान्ड ‘ए’ ले जित्यो सिरिज
नेपाल ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाललाई ४० रनले हराउँदै आयरल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।
आयरल्यान्ड ‘ए’ द्वारा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ ले टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।
किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा च्याम्पियन
विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बन्नुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा उपाधि जित्नुभएको हो ।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा २० लाख पुरस्कार
लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ ।
'प्रदेश समृद्धिको आधारमध्ये खेलकुद पनि एक हो'
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले देश तथा प्रदेशको समृद्धिको आधारहरुमध्ये खेलकुद पनि एक रहेको बताउनुभएको छ ।
आयरल्यान्डसँग नेपाल ‘ए’ २१ रनले पराजित
टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट गुमाउँदै २०१ रन मात्र बनायो।
आयरल्यान्डविरुद्ध नेपालका लोकेश बमको शतक
आयरल्यान्डविरुद्ध नेपालका लोकेश बमले शतक प्रहार गर्नुभएको छ । उहाँले ५२ बलमा आठ–आठ चौका र छक्काको मद्तमा शानदार शतक प्रहार गर्नुभएको हो ।
आयरल्यान्डले नेपाललाई दियो २२३ रनको चुनौती
आयरल्यान्ड ‘ए’ टोलीले ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दुई सय २३ रनको लक्ष्य दिएको छ ।
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
जिल्लाको उच्च लेकाली भेग हेलम्बुमा ‘हाइअल्टिच्युड भलिबल’ प्रतियोगिता हुने भएको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको हो । सो खेल हेलम्बुको पर्यटकीय स्थल सेर्माथाङमा हुनेछ ।
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।