• १३ असार २०८१, बिहिबार

स्काउट समयसापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ

blog

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै।

काठमाडौँ, असार ५ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसाबले अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्काउट समयसापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिन नहुने जिकिर गर्नुभयो ।

मन्त्री श्रेष्ठले केका लागि स्थापना भएको हो ? भन्ने कुरा नबिर्सिकन स्काउटले समयसापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्काउटका सम्पत्तिहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले ‘‘स्काउट समयसापेक्ष पनि हुनुपर्छ । २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यसाे भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरु नबिर्सिकन, आफ्नो जरा नबिर्सिकन । धेरैजसो संस्थाहरु समयसापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औं शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’’

उहाँले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो सङ्गठन भएको बताउनुभयो ।