नेपालको टी–२० विश्वकप जर्सी सार्वजनिक
आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।
सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि
वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।
सहिद भीमनारायण गोल्डकप वैशाखमा
१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।
एसीसी प्रिमियर कपको तयारीमा नेपाल
ओमानमा चैत ३० बाट सुरु हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपालले गुजरातमा फ्रेन्डसिप कप खेलेको थियो । एसीसी प्रिमियर कपलाई नेपालले आइसिसी टी–२० विश्वकपको तयारीमा रुपमा समेत लिएको छ ।
एरिका अमेरिकामा नौ लाख नगदसहित सम्मानित
नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँभन्दा बढी नगद पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
इस्टविक नेपालको बलिङ सल्लाहकार प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त हुनुभएको छ ।
फ्रेन्डसिप कप : नेपाल च्याम्पियन
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।
आयरल्यान्डद्वारा सिरिजमा ‘क्लिन स्विप’
आरउल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हरायो ।
फ्रेन्डसिप कप : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
फ्रेन्डसिप कप : नेपाल गुजरातविरुद्ध ब्याटिङ गर्दै
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ ले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई जितका लागि २८५ रनको लक्ष्य दिएको छ ।
फर्साटिकरलाई ‘न्यू युथ युनियन कप’ को उपाधि
‘न्यू युथ युनियन कप’ फुटबल प्रतियोगिताको उपाधि रुपन्देहीस्थित फर्साटिकर युथ क्लबले जितेको छ ।
एसएमएस कप: नेपाल र गुजरात भिड्दै
भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कप अन्तर्गत उपाधिका लागि आज नेपाल र गुजरात क्रिकेट एशोसिएशनबीच प्रतिस्पर्धा हुँदै छ । खेल आज दिउँसो पौने ३ बजेबाट गुजरातमा सुरु हुनेछ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट सुरु
अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई
मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो ।
दशरथ रङ्गशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स प्रालिलाई जिम्मेवारी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रङ्गशाला मर्मत गरी खेल्न योग्य बनाउन माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिलाई जिम्मेवारी दिएको छ ।
बारालाई मेयर कप टी–२० क्रिकेट उपाधि
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेल क्षेत्रमा मधेश प्रदेशमा राम्रो सम्भावनाहरु भएको भन्दै खेलक्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निमार्ण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यु–१६ साइकल दौडमा आयुस प्रथम
हेटौँडामा पहिलो पटक आयोजित १६ वर्ष मुनिको साइकल प्रतियोगितामा आयुस दास प्रथम हुनुभएको छ । २६ जनालाई पछि पार्दै प्रथम हुनुभएका दासले पौने तीन किलोमिटरको दुरी पाँच मिनेट २७ सेकेन्डमा पार गर्नुभएको थियो ।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व
गौतमबद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् ।
पाँचथरमा याङनाम गोल्ड कपको तयारी
दोस्रो संस्करणको याङनाम गोल्ड कप चैत २७ देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ।
तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ ।
फ्रेन्डसिप कपमा नेपाल बरोडासँग पराजित : फाइनल गुजरातसँग खेल्ने
भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ।
फ्रेन्डसिप कप : नेपाललाई बरोडाले दियो १५७ रनको चुनौती
काठमाडौं - चैत २३ गते । भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी-२० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा बरोडाले नेपाललाई १५७ रनको चुनौती दिएको छ। अन्तिम दुई ओभरमा करण केसी र आकाश चन्दले खराब बलिङ गर्दा नेपालविरुद्ध बरोडाले आठ विकेटको क्षतिमा १५६ रन बनाएको हो।नेपालका लागि गुल्सन झा र करण केसीले समान २/२ विकेट लिनुभयो भने ललित राजवंशी र प्रतिश जिसी र आकाश चन्दले समान १/१ विकेट हात पार्नुभयो। गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर ब्याटिङ गरेको थियो। १५७ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ। बुधबार गुजरातमाथि ८ रनको जित निकाल्दै नेपाल फाइनल पुगिसकेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेसँगै लगातार तीन खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।त्रिकोणात्मक सिरिजको फाइनल आइतबार हुनेछ । बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले फाइनलमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।
आयरल्यान्डसँग नेपाल ‘ए’को लज्जास्पद हार, एक खेल अगाडि गुमायो सिरिज
नेपाल ‘ए’सँगको एक दिवसीय सिरिज आयरल्यान्ड ‘ए’ ले एक खेल अगाडि नै जितेको छ। एकदिवसीय सिरिजको दोस्रो खेलमा लज्जास्पद ब्याटिङ गर्दै नेपालले एक खेल अगाडि नै सिरिज गुमाएको हो।