भोजपुर गोल्डकपको तयारी पूरा
भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ ।
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।
एसियन चेस च्याम्पियनसिप विजेतालाई ६ हजार डलर
रसियाको मनिसियास्क खान्तिमा अप्रिल २० देखि ३० तारिखसम्म सञ्चालन हुने एसियन सिटिज चेस टिम च्याम्पियनसिपको विजेताले ६ हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।
जुरेली रङ्गशाला निर्माणका लागि डेढ करोड सङ्कलन
पूर्वी मकवानपुरको बकैयामा जुरेली रङ्गशाला निर्माणका लागि नगद र जिन्सी सहित डेढ करोड रुपियाँ सङ्कलन भएको छ ।
नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै
एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो ।
पलेसा र कविराज वर्षका उत्कृष्ट
छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्ने तयारीमा रहनु भएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ ।
आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेण्डा सुरू
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेण्डा सुरू गरेको छ । एआईले खेलकुदका लागि प्रदान गर्न सक्ने परिकल्पना गरिएको प्रभाव र आइओसीले कसरी विश्वव्यापी नेतृत्व गर्न चाहन्छ भन्ने कुराको स्थापना गरेको छ ।
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट हुनुभएको हो ।
खेलकुदमा अब्बल सुदूरपश्चिम
बझाङ, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् ।
नेपाललाई छ विकेटले पराजित गर्दै युएई एसिसी प्रिमियर कपको फाइनलमा
नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबिचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
युएईविरुद्ध नेपालको कमजोर ब्याटिङ
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।
एसिसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ ।
नेपाल र युएई भिड्दै
ओमानमा जारी एसिसि प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल हुँदै छ । जस अन्तर्गत नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ ।
ग्रान्डमास्टर महर्जन सम्मानित
नेप्लिज तेक्वान्दो एकेडेमी र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार संयुक्तरुपमा ग्रान्डमास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ ।
मेयर कपको उपाधि हेटौँडा ४ लाई
हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रङ्गशालामा भएको मेयर कप फुटबल प्रतियोगिता-२०८० को उपाधि हेटौँडा उपमहानगरपालिका ४ ले जितेको छ ।
एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने
समूह ‘ए’को विजेता नेपालले समूह ‘बि’को उपविजेता यूएईसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।
एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो।
एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो ७४ रनको चुनौती
एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको चुनौती दिएको छ।
नेपाल र साउदी अरेबिया भिड्दै
ओमानमा जारी एसिसि प्रिमियर कमअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।
१४औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड सुरु
सालको जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मङ्गलवार १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जित्नुभएको छ ।
बौदीकालीलाई अन्तरपालिका स्तरीय भलिबल उपाधि
जिल्लाको निस्दी गाउँपालिकामा भएको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जित्न सफल भएको छ ।
प्रकाश दाहाल स्मृति भलिबल यसै महिना
प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको वैशाख २२ देखि २५ सम्म हुने भएको छ ।
एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई ६० गोलले हरायो ।
पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्नुहुने भएको छ ।